नेपालमा नै भयो १४ दिनको नवजात शिशुको यस्ताे ‘जटि’ल श’ल्यक्रिया’
काठमाडौ । नेपाली चिकित्सकहरुको अब्बलता दिनप्रतिदिन देखिदै आएको छ ।
पैसा भएकाहरु नेपाली चिकित्सकलाई विश्वास नगरेर विदेशी भूमिमा पुग्छन् तर विदेशमा समेत हुन नसकेका जटिल शल्यक्रियाहरु नेपालमा भइरहेका छन् ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकहरुले यस्तै प्रकृतीको जटि’ल शल्य’क्रिया गर्न सफल हुनुभएको छ ।
१४ दिनको नवजात शिशुको ‘दु’र्लभ’ शल्यक्रिया गरिएको अस्पताल र पारिवारीक श्रोतले जनाएको छ
नवजात शिशुमा देखिने जटि’ल एवम् दुर्ल’भ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको सो अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार सिनामंगल गैरीगाउँका सरस्वती तामाङबाट जन्मिएको बच्चामा जन्मजात हर्निया देखिएको थियो।
चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘डायफ्राम’ मांसपेशीमा प्वा’ल थियो। उहाँहरूका अनुसार पेट र
छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेटभित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमासय र फियो छातीमा पुगेको थियो। अंगहरु छिन्नभिन्न थिए ।*