काठमाडौँमा लकडाउन गर्ने सरकारको तयारी ! कहिँले बाट ??

 

काठमाडौँमा लकडाउन गर्ने सरकारको तयारी ! कहिँले बाट ??Leave A Comment

ओमिक्रोन भेरिअन्ट: काठमाण्डू उपत्यकामा लकडाउन ?ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाण्डू उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ।

के भन्छन् सीडीओहरू?

कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाण्डू उपत्यकाका काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन्उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले “गम्भीर” रूपमा लिएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

“अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे हामी एउटा निचोडमा पुग्छौँ,” बीबीसीसँग उनले भने।विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने प्रजिअ रिजालले स्पष्ट पारे।

“सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ। तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन,” उनले थपे।यद्यपि आउँदा दिनमा देखिनसक्ने प्रतिकूल अवस्थासँग जुझ्नका लागि अनौपचारिक तयारी थालिएको रिजालले बताए।

पछिल्लो घटनाक्रमलाई लिएर उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच कुराकानी भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

“हामीले निर्णय गरिसकेकै अवस्था चाहिँ होइन। अहिलेको स्थितिको मूल्याङ्कन गरी सामूहिक रूपमा बैठक बसेर हामीले उचित निर्णय लिनेछौँ,” बीबीसीसँग उनले भनिन्।“तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू औपचारिक/अनौचारिक रूपमा बसिरहेका छौँ। गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,” बीबीसीसँग उनले भने।

अहिले पनि आफूहरूले धेरै भिडभाड हुने खालका गतिविधि नगर्न प्रोत्साहित गर्दै आएको प्रजिअ उपाध्यायले बताए।उनका अनुसार विगत एक महिना पहिलादेखि पोजेटिभ भएका नमुनाहरूको थप परीक्षण गर्ने गरिएको छ।

Post a Comment

Previous Post Next Post

Search This Blog