गण्डकी प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा

 

गण्डकी प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा

पोखरा ।

फागुन ४ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।

पहिलो मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले पदभार ग्रहण गदैँ मन्त्रिपरिषद् विस्तार गरेको दिनलाई गण्डकीमा प्रदेश स्थापना दिवसका रुपमा मनाइदै आएको छ ।

Post a Comment

Previous Post Next Post

Search This Blog