सस्तो मूल्यमा ३०० एमबीपीएस इन्टरनेट ल्याउँदै डिशहोम

 

सस्तो मूल्यमा ३०० एमबीपीएस इन्टरनेट ल्याउँदै डिशहोम



काठमाडौं । डीटीएच एवं इन्टरनेट सेवाप्रदायक डिशहोमले नयाँ इन्टरनेट प्याकेज ल्याउने भएको छ । कम्पनीले केही दिनमै ३०० एमबीपीएसको उच्च गतिको फाइबर इन्टरनेट बजारमा ल्याउने भएको हो ।

कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार ग्राहकले निकै सस्तो मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउने गरी नयाँ फाइबरनेट योजना घोषणा हुनेछ ।यसका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट शुल्क स्वीकृतिका लागि पत्र पठाइसकेको उनले जानकारी दिए ।

मेश वाई-फाई प्रविधिसहितको यो इन्टरनेट अन्य सेवाप्रदायकको तुलनामा सस्तो र गुणस्तरीय हुने उनको भनाइ छ ।

पछिल्लो समय सेवाप्रदायकबीच ‘स्पिड वार’ चलिरहँदा डिशहोम पनि उच्च गतिको इन्टरनेटसहित प्रस्तुत हुन लागेको हो ।

Post a Comment

Previous Post Next Post

Search This Blog