क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दिप नयाँ कप्तान

 

क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दिप नयाँ कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । सन्दिप लामिछानेनयाँ कप्तान चयन भएका छन् ।संघको आज बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ ।

मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ । संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।

Post a Comment

Previous Post Next Post

Search This Blog