गण्डकीको सीमानाकामा निगरानी, मुस्ताङ छिर्न पीसीआर अनिवार्य

 

गण्डकीको सीमानाकामा निगरानी, मुस्ताङ छिर्न पीसीआर अनिवार्य


पोखरा, ६ असोज । कोभिड-१९ को दोस्रो लहरसँग तर्सिएको छ गण्डकी । चाडवाड नजिकिँदै जाँदा तेस्रो लहर विस्तार हुन सक्ने त्रास उत्तिकै छ । त्यसैले गण्डकी सरकारले सीमानाकामा निगरानी बढाएको छ ।

१ असोजदेखि गण्डकी प्रदेश प्रवेश विन्दुमा पोष्ट खडा गरेर सबै गाडीका यात्रुको निगरानी गर्न थालिएको छ । ‘मुग्लिन कटेपछि त्यहाँ सबै गाडीका यात्रु ओरालेर ज्वरो र रुघाखोकी जाँच गरिन्छ । यदि कोही विरामी वा शंकास्पद देखियो भने सुरक्षित भएर जान आग्रह गर्छौं,’ गण्डकीकी स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले भनिन्, ‘चाडवाडका लागि घर आउँदा पीसीआर र एन्टिजेन अनिवार्य त छैन । तर ज्वरो आएको छ भने सकेसम्म नआइदिनुहोला ।’ उनले लुम्बिनी प्रदेशको नाका गल्याङ र गोरखाको आरुघाट तथा बागलुङको ढोरपाटनमा पनि सीमालाई निगरानी गर्ने बताइन् । विशेषगरी लामो दूरीका यात्रुलाई ज्वरो परीक्षण गर्न लागिएको हो ।

यसैबीच, मुस्ताङले भने ७२ घन्टाको एन्टिजेन नेगेटिभ रिपोर्ट वा सात दिनको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेक सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका विदेशी नागरिक तथा सात दिनभित्रको पीसीआर वा खोप कार्ड वा ७२ घन्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई मुस्ताङ प्रवेशमा रोक लगाइएको छ,’ प्रशासनले एक सूचना जारी गरेको छ ।

एक्यापले अन्नपूर्ण क्षेत्रमा पनि पर्यटकलाई रिपोर्ट अनिवार्य गरेको छ । अन्नपूर्ण क्षेत्रका पर्यटकीय गन्तव्य र होटलहरू खुलिसकेका छन् । तर रिपोर्ट अनिवार्य गरेपछि पर्यटकले सास्ती पाउने भन्दै व्यवसायीहले त्यसो नगर्न आग्रह गरेका छन् ।

Post a Comment

Previous Post Next Post

Search This Blog