विवादका कारण युट्यव टिभीबाट बाहिरिए एबीसी, ईएसपीएन जस्ता दर्जनौं च्यानल


disney-youtube-tv-techpana
  काठमाडौं । डिज्नेसँग नयाँ सम्झौता कायम गर्न नसक्दा युट्युव टिभीले एबीसी, ईएसपीएन जस्ता दर्जनौं च्यानल गुमाएको छ । दुई संस्था बिच कन्टेन्टको शुल्कमा सहमति नजुट्दा अन्ततः युट्युव टिभीले डिज्नेसँग सम्बन्धित च्यानलहरू गुमाउन पुगेको हो ।

यो सँगै युट्युव टिभीमा योर लोकल एबीसी च्यान, एबीसी न्युज, डिज्ने च्यानल, डिज्ने जुनियर, डिज्ने एक्सडी, फ्रिफर्म। एफएक्स, एफएक्एक्स, एएक्सएम, नेशनल जियोग्राफी, नेशनल जियोग्राफी वाइल्ड, ईसपीएन, ईएसपीएन२, ईएसपीएन३, ईएसपीएनयु, ईएसपीन्युज, एसईसी नेटवर्क, एसीसी नेटवर्क जस्ता १८ ओटा च्यानल युट्युव टिभीमा उपलब्ध नहुने भएका हुन् ।

यी सबै च्यानल यट्युव टिभीको लाइभ, सर्च सेक्सन तथा यसअघि हेरिएको लाइब्रेरीबाट समेत हटिसकेको जनाइएको छ । ‘डिज्नेले युट्युव टिभीलाई पनि अन्य टिभी जस्तै व्यवहार गर्न आवश्यक छ,’ गुगलले भनेको छ, ‘हामीसँग एउटा मूल्य र अन्य सेवा प्रदायकसँग अर्को मूल्यमा सोही सर्भिस उपलब्ध गराउनु अव्यवहारिक हो ।’

यही विषयलाई लिएर यी दुई कम्पनीबीच केही समय देखी नै विवाद चल्दै आएको थियो । तर, सम्झौता समयावधि सकिँदासम्म पनि विवाद कुनै निचोड नपुग्दा डिज्नेका कन्टेन्ट युट्युब टिभीबाट हटेका हुन् । गुगलले डिज्नेसँग अझैपनि निरन्तर छलफल भइरहेको जनाएको छ । 

Post a Comment

Previous Post Next Post

Search This Blog