पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब

पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब 

कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का


एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार 

२०२२ को लागि सोझै छनोट हुन असफल भएको छ । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले 

स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह ‘ए’ बाट

 विश्वकपमा स्थान पक्का गरेको छ ।

पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।

सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो । लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन । ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । घरेलु टोली पोर्चुगलले  बल पोसेसन समेत गुमाएको थियो ।

खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् ।

समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो । पोर्चुगलले १७ अंक जोड्यो । यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३-० ले पराजित गरेको ट । आयरल्यान्डको जितमा सेन डुफी, चिडोजी ओग्वेने र कलुम रोविन्सनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थिgयो ।

Post a Comment

Previous Post Next Post

Search This Blog