फ्ल्यागशिप क्यामेरा सहित सार्वजनिक हुँदै रियलमी ९ प्रो

 

फ्ल्यागशिप क्यामेरा सहित सार्वजनिक हुँदै रियलमी ९ प्रो

चिनियाँ स्मार्टफोन निर्माता रियलमीले चाँडै नै रियलमी ९ प्रो सार्वजनिक हुने जानकारी दिएको छ । यसअन्तर्गत कम्पनीले रियलमी ९ प्रो र ९ प्रो प्लस गरी दुई मोडलमा फोन सार्वजनिक हुनेछ ।

हालै रियलमीले ट्वीटरमा एक टिजर ट्वीट गर्दै ‘क्याप्चर द लाइट थिममा रियलमी ९ प्रो सिरिज चाँडै सार्वजनिक हुने जनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा पनि मिडरेन्जमा फ्ल्यागशिप क्यामेरासहित रियलमी ९ प्रो सिरिज आउन लागेको जनाएको छ ।


यसअघि सार्वजनिक भएको रियलमी ८ प्रोमा १०८ मेगापिक्सेलको क्यामेरा दिइएको थियो । यसकारण पनि कम्पनीले ९ प्रोमा फ्ल्याशिप क्यामेरालाई निरन्तरता दिन लागेको हो ।

यद्यपि रियलमीले यो सिरिज कहिले आउँछ भनेर यकिन मिति उल्लेख गरेको छैन । केही समयअघि लिक भएको एक पोस्टर याे सिरिज फेब्रुअरी १५ मा सार्वजनिक हुने तालिका छ ।

रियलमी ९ प्रो क्वालकमको स्न्यापड्रागन ६९५ द्वारा सञ्चालित हुने अनुमान छ । त्यसैगरी प्रो प्लस मिडियाटेक डाइमेन्सिटी ९२० चिपसेटसहित सार्वजनिक हुने चर्चा छ ।

रियली ९ प्रोमा ३३ वाटको फास्ट चार्जिङसहित ५ हजार एमएएचको ब्याट्री र भने प्रो प्लसमा ६५ वाटको फास्ट चार्जिङसहित ४५०० एमएएचको ब्याट्री हुने चर्चा छ 

Post a Comment

Previous Post Next Post

Search This Blog