काठमाडौं । भारतमा जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयानुसार साँझ ६ बजेर ५६ मिनेटमा भूकम्प गएको हो

भूकम्पको केन्द्रविन्दु राजस्थानको बिकानेरबाट ३८१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो । तीव्रता कम भएकाले हालसम्म कुनै क्षति नभएको तर भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरु घरबाट बाहिर सडकमा निस्केका थिए ।

जसकारण लामो समयसम्म आतंकको वातावरण रहेको थियो । प्रशासनले सबैलाई शान्ति कायम गर्न अपिल गरेको छ । भूकम्पलाई ४.३ रेक्टर स्केलमा मापन गरिएको छ । यसअघि १९ नोभेम्बरमा राजस्थानको जालोरमा भूकम्प गएको थियो, जसलाई ४.६ रेक्टर स्केल मापन गरिएको थियो ।

एनसीएसका अनुसार जोधपुरको दक्षिणपश्चिममा बिहान २ः२६ बजे भूकम्प गएको भएपनि मानवीय तथा भौतिक क्षति भने भएको छैन । त्यसैगरी रातिको समय भएकाले धेरैलाई थाहा पनि भएन्