शनिबार बिहानैदेखि दिनभर विद्युत सेवा अवरुद्ध हुने, कहाँ-कहाँ हुँदैछ ?

 

शनिबार बिहानैदेखि दिनभर विद्युत सेवा अवरुद्ध हुने, कहाँ-कहाँ हुँदैछ ?


पोखरा । पोखरासहित कास्कीका विभिन्न स्थानमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । 

बिहान १० बजेदेखि ११ बजेसम्म कास्की जिल्लाभर एक घण्टा विद्युत सेवा अवरुद्ध हुन लागेको बताइन्छ ।

नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण शाखाका अनुसार नयाँ मोदी १३२ केभी प्रशासरण लाइन आयोजनाले मोदी पोखरा १३२ केभिी प्रशारण लाइन सट्डाउन माग गरेकाले शनिबार बिहानैदेखि विद्युत अवरुद्ध हुन लागेको हो । 

यस अन्तर्गत अन्नपूर्ण गाँउपालिकाका बिरोठाटी, लामदुवाली, दाङसिङ, मोहरिया, घान्द्रुक लगायतका क्षेत्रहरुमा शनिबार बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुन लागेको हो ।

पोखरा १३२ केभि सवस्टेशन लेखनाथ वेको ब्रेकर मर्मत सम्भार कार्यका लागि एक घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ । 

पोखरा वितरण केन्द्र अन्तर्गत हेम्जा सवस्टेशन र पोखरा ग्रिड सवस्टेशनबाट सप्लाइ हुने सम्पूर्ण फिडर बिहान १० बजेदेखि ११ बजेसम्म कास्की भर विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

तोकेको समय अगावै कार्य सम्पन्न भएमा नियमित विद्युत आपूर्ति गरिने केन्द्रले जनाएको छ ।

Post a Comment

Previous Post Next Post

Search This Blog