नेपालीको भोट बिना बनेको सरकारले मुलुक चलाउन सक्दैन: कोमल वली (सहि वा गलत )

 

नेपालीको भोट बिना बनेको सरकारले मुलुक चलाउन सक्दैन: कोमल वली (सहि वा गलत )

राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन्। उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताईन्। शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताईन्।

उनले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी हुन्।उनले भनिन्, ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरुको चरित्र ? यो बिपी कोइरालाको अपमान हो। बिपीले बनाएको पार्टीको अपमान हो। नेपाली कांग्रेसका कार्यकर्ता माथिको अपमान हो। बिपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने
नेपाली जनताको अपमान हो। यो इतिहासको अपमान हो। स्वाभिमानको अपमान हो ।

र मानवतावादको अपमान हो। देश, मानविय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? बिपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो? बिपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरुबाट मुलुक कदापी चल्न सक्दैन। देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न सक्दैनन्। जनताको सुरक्षा पनि हुन सक्दैन।’

उनले नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यस अघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई इंकित गर्दै डुंगामा प्वाल परिसकेपछि महशुस गर्नुले कुनै अर्थ नराख्ने बताईन्। उनले आफ्नै जहाजलाइ डुबाउनेहरुबाट भविष्यमा अरु सुरक्षित हुन नसक्ने पनि बताईन्। उनले भनिन्, ‘एक जना आदरणिय नेता माननीयज्यूले यही सम्मानित सदनमा अहिलेको राजनीतिक परिस्थितिसिर्जना हुनुमा हामी सबै जिम्मेवार छौँ पनि भन्नुभयो ।

राम्रो कुरा। तर प्वाल परिसकेपछि अब त्यो प्वाल जोडिदैन भनिसकेपछि त्यसको महशुस, त्यसको स्वीकार्यताले के अर्थ राख्छ र ? अब बर्तमान र भावि पिढीले बुझ्नुपर्दछ एउटै पानिजहाजमा सयर गर्नेहरुलाई बिना विभेद जनताले विश्वास गरे, समर्थन गरे तिनीहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुबाइसके भने अर्को जहाज डुबाउँदैनन् भन्ने के छ ? जहाज डुबाइसकेपछिको रियलाइजेशनको अर्थ हुन्छ र?’

Post a Comment

Previous Post Next Post

Search This Blog