Questions:

Answers of class 10 nepali lesson 4
Class 10 nepali notes Thanka

Answers:

1) पाठको पहिलो अनुच्छेद सुन्नुहोस्‌ र ठिक बेठिक छुद्याउनुहोस्‌ :

पाठको पलिहो अनुछेद:
नेपाल हिमाल, पहाड र तराई मधेस मिलेर बनेको छ। हिमालसँग अथाह सौन्दर्य र जलम्रोत छ। पहाडसँग जडीबुटी, खनिज, फलफुल र स्वस्थ पर्यावरण छ । तराई मधेसमा अन्नको भण्डार छ। त्यसरी नै नेपाल बहु जातीय, बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिक देश हो। हाम्रो पहिचान सगरमाथाको देश, गौतम बुदूधको देश, वीर वीरङ्गनाहरूको देश जस्तै विविधतामा एकता भएको देश हो । जहाँ विविधता हुन्छ, त्यहाँ अनेक सम्भावना पनि हुन्छ । त्यसैले हामीसँग भएको विविधता हाम्रो सम्भावना र सम्पत्तिको आधार पनि हो । हाम्रो विविधताभित्र नेपाललाई समृद्ध बनाउने अनेक विषय छन्‌, आधार छन्‌ । त्यस्तै विषय वा आधारमध्येको एउटा हो पौभा वा थाङ्का ।


(क) नेपाल हिमाल, पहाड र तराई मधेस मिलेर बनेको छ ।
Answer: ठिक

(ख) हिमालसँग जडीबुटी, खनिज, फलफुल र स्वस्थ पर्यावरण छ ।
Answer: ठिक

(ग) तराई मधेस अन्नको भण्डार हो ।
Answer: ठिक

(घ) नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक देश होइन ।
Answer: ठिक

(ङ) सगरमाधाको देश, गौतम बुदढको देश, वीर वीरढगनाहरूको देश जस्तै विविधतामा एकता भएको देश हाम्रो पहिचान हो ।
Answer: लक्ष्मणसँगै विभीषण उठे।

(च) जहाँ विविधता हुन्छ, त्यहाँ अनेक सम्भावना हुँदैन ।
Answer: बेठिक


2) पाठको दोस्रो अनुच्छेद शिक्षकबाट सुन्नुहोस्‌ र तलका प्रश्नको उत्तर दिनुहोस्‌ :

पाठको दोस्रो अनुच्छेद:
थाङ्का भन्नाले कपडा वा कागजमाथि लेखिएको चित्र भन्ने बुझिन्छ । पौभा भन्नाले पवित्र चित्र भन्ने हुन्छु । थाङ्कामा विशेषत: बौद्ध धर्मका देवी देवताको चित्र बनाइन्छ । यसमा पञ्चबुद्ध, वज्चसत्त्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्वी, वज्जपाणि, तारा आदि पर्छन्‌ । शाक्य मुनि बुद्धको जीवनी (जन्मदेखि महापरिनिर्माणसम्म) र मण्डलाका थाङ्काहरू लोकप्रिय छन्‌ । त्यसो त थाङ्का प्रविधिबाट कृष्ण लीला, भैरव आदिका साथै नदी, रुख, लहरा, पहाड, अनेक जीवजन्तुका चित्र पनि बनाइएको पाइन्छ । थाङ्का बुद्ध दर्शन सिक्ने र सिकाउने महत्त्वपूर्ण पाठ्य सामग्री हौ । यसलाई ध्यान सिक्ने र सिकाउने साधनका रूपमा पनि लिइन्छ । बौद्ध समुदायमा थाङ्कालाई घरमा राख्दा मन कामना पुरा हुने, भूतप्रेत, रोग, अनिष्ट आदिले वास नगर्ने र शान्ति कायम हुने जस्ता विश्वास गरिन्छ । पहिले पहिले थाङ्का धार्मिक आस्थाका साथसाथै ज्ञान र ध्यानको स्रोतका रूपमा लिइन्थ्यो । अहिले यसलाई महत्त्वपूर्ण व्यवसायका रूपमा समेत लिइन्छ ।


(क) याङ्काको अर्थको हो?
Answer: थाङ्काको अर्थ कपडा वा कागजमाथि लेखिएको अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्र हो ।

(ख) थाङ्कामा मुख्य गरेर कुन-कुन देवी देवताको चित्र बनाइन्छ ?
Answer: थाङ्कामा मुख्य गरेर पञ्जबुद्ध, बजरसत्त्व, अंवलोकितेश्वर मैत्रैयी, मञ्जुश्री, बज्जपाणि, तारा आदि जस्ता बौद्ध धर्मका देवी देवताको चित्र बनाइन्छ ।

(ग) याङ्का कस्तो पाठ्यसामग्री पनि हो ?
Answer: थाङका बुद्ध दर्शन सिक्ने र सिकाउने महत्त्वपूर्ण पाठय सामग्री हो ।

(घ) किन चाङ्कालाई घरमा राख्ने गरिन्छ ?
Answer: घरमा राख्दा मनकामना पुरा हुने, भूतप्रेत, रोग, अनिष्ट आदिले वास नगर्ने र शान्ति कायम हुने जनविश्वास समाजमा रहेकाले थाङ्कालाई घरमा राख्ने गरिन्छ ।

३) पाठको दसौँ अनुच्छेद सुन्नुहोस्‌ र त्यसको सार भन्नुहोस्‌ :

दसौँ अनुच्छेद:
कपडा, जनावरको छाला, कमेरो, पानी, रङ, सुन आदि थोरै कच्चा पदार्थबाट थाङ्का निर्माण हुन्छ । यसका लागि चाहिने कपडा सजिलै उपलब्ध हुन्छ । जनावरको छाला, कमेरो, पानी, ढुङ्गा जस्ता स्वदेशी कच्चा पदार्थ सजिलै र सस्तोमा उपलब्ध हुन्छन्‌ । थाङ्काका लागि चाहिने अलिक महँगो वस्तु भनेको सुन हो, त्यो पनि अप्राप्य छैन । थाङ्का बनाउने विज्ञ र कामदारहरू स्वदेशमै उपलब्ध छन्‌ । यसको निर्माणमा वातावरणीय क्षति हुँदैन, पेट्रोलियम पदार्थको आवश्यकता पर्दैन । पातलो र नरम कपडामा बनाइने चित्र भएकाले यो हलुका हुन्छ । यसलाई पट्याएर, दोबारेर पनि सजिलै ओसार पसार गर्न सकिन्छ र ढुवानी खर्च धेरै लाग्दैन । एउटा सानो कोठामा पनि उत्पादन गर्न सकिन्छ । यसैले यसको उत्पादन लागत सस्तो पर्छ । उत्पादन लागतका तुलनामा यसको मूल्य भने धेरै छ । यो कला कृतिका साथै आस्थाको प्रतीक भएकाले राम्रो मूल्यमा यसको बिक्री हुन्छ । एउटा थाङ्का पाँच सात सयदेखि लाखौं मूल्यमा पनि बिक्री हुन्छ । त्यसैले थाङ्का उत्पादक र व्यापारीलाई राम्रै फाइदा हुन्छ । थाङ्का बनाउने विज्ञ र कामदारहरूले राम्रो पारिश्रमिक त पाउँछन्‌ नै साथसाथै कला सिर्जनाबाट प्राप्त हुने सन्तुष्टि पनि पाउँछन्‌ । यसबाट बेरोजगारी समस्या समाधानमा सहयोग पुग्छ । यसको बजार देशबाहिर पनि भएकाले विदेशी मुद्राको आर्जन हुन गई मुलुकको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्छ । यसबाट नेपाली कला, नेपाली संस्कृति र नेपालमा जन्मिएका बुदूधका बारेमा संसारभर प्रचार प्रसार भई नेपालको इज्जत र गरिमा बढ्छ ।


Answer: कपडा, जनावरको छाला, कमेरो, पानी, रङ, सुन आदि कच्चा पदार्थबाट थाङ्का निर्माण हुन्छ । यसको निर्माणमा चाहिने अन्य कूरा सस्ता र स्थानीय छन्‌ तर सुन भने अलि महङगो छ। यो आस्थाको प्रतीक भएकाले मानिसले यसलाई बढी मूल्य तिरेर पनि घरमा राख्छ । थाङ्का निर्माण गर्ने विज्ञ र व्यापारी दुवैले राम्रो आम्दानी गर्छन्‌ । यसबाट बेरोजगारी समस्या केही हदसम्म हट्न सक्छ । यसको व्यापार विदेशमा पनि हुने भएकाले नेपाल, नेपाली र नेपालमा जन्मिएका बुद्धलाई चिनाउन यसले सहयोग गरेको छ।


Class 10 Nepali guide book


Speaking
(बोलाई)


Answers:

४) तलका शब्द शुद्धसँग उच्चारण गर्नुहोस्‌ :

थाङ्का, अमिताभ, अमोघ, सिडि, वज्जसत्व, अवलोकितेश्वर, महापरिनिर्माण

Answer: दिइएका शब्दहरू शुद्धसँग उच्चारण गर्ने।

५) तलका शब्दको अर्थ भन्नुहोस्‌:

अथाह, पर्यापरण, पहिचान, वीरङ्नगा, बौद्धमार्गी, जीवन चक्र, बुद्ध दर्शन, गन्तव्य, नास्तिक, गरिमा

Answers: Ans: अधाह - ज्यादै गहिरो, थाहा पाउन गारो पर्ने
पर्यावरण - बातावरण
पहिचान - चिनिएको, चिनाजानी, कुनै वस्तुको गुण, मूल्य आदिको चिनारी
वीरङ्गगना - बहादुर स्त्री बा महिला
बौद्धमार्गी - बुद्धको धर्ममा हिँड्ने या बुद्ध धर्मका अनुयायी
जीबनचक्र - प्राणीको जन्मदेखि मत्यु पर्यन्तको मण्डल वा वृत्त
बुद्ध दर्शन - बुद्धका विचार, ज्ञान, मान्यता आदि
गन्तव्य - जञानयोग्य वा पुरनुपर्ने ठाउँ
नास्तिक - ईश्वर नमान्ने, ईश्वरमा विश्वास नगर्ने
गरिमा - गहकिलोपन, गुरुत्व, गुरुता
६) थाङ्का कलाको उत्कृष्ट रूप हो भन्ने विषयलाई आफ्ना तर्कद्वारा पुष्टि गर्नुहोस्‌ ।
Answer: बुद्ध धर्मावलम्बीहरूद्वारा कपडा वा कागजमाथि लेखिएको चित्रका रूपमा रहेको थाङ्का नेपाली कलाको उत्कृष्ट रूप हो । यसमा बौद्धधर्मका देवी देवताहरूको चित्र कलात्मक रूपमा उतार्ने काम गरिन्छ । यस कलाको निर्माणमा विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । सर्वप्रथम खाइबाले सिसाकलमले चित्रको स्केच गरिसकेपछि त्यसलाई तलमाथि नपरोस्‌ भन्ने उद्देश्यले ट्रेसिङ पेपरमा उतार्ने काम गरिन्छ । त्यसछि स्केच गरिएको चित्रमा आवश्यकताअनुसार रङ अर्ने काम हुन्छ । थाङ्कामा आवश्यकताअनुसार विभिन्न रङको प्रयौग गरिन्छ । देवी देवताअनुसार रङ भर्ने नियमलाई ख्याल गरी कलाकारले रङ भर्दछ । हरेक देवी देवताको अलगै आफ्नो रङ हुन्छ तर पृष्ठभूमिमा विभिन्न रङ भर्ने काम गरिन्छ र घाङकालाई आकर्षित तथा भव्य बनाइन्छ । यो बिशुद्ध बृद्ध धर्मसँग सम्बधित भए पनि विज्ञ र विद्वानूहरूको अथक मिहिनेतले उत्कृष्ट वाङ्काहरू निर्माण गरिएका छन्‌ । आज यो नेपाली चित्रकलाका क्षेत्रमा विशिष्ट स्थान लिन सफल भएको देखिन्छ ।

७) थाङ्का लेख्ने कपडा कसरी तयार हुन्छु ? पाठको तेस्रो अनुच्छेदका आधारमा भन्नुहोस्‌ ।
Answer: थाङ्का लेख्नै कपडा तयार पार्न विभिन्न प्रविधिहरूको प्रयोग गर्नुपर्छ । यो तयार पार्न सर्वप्रथम सरेस बनाउनुपर्छ । सरेस भनेको जनावरको छाला पानीमा उमालेर बनाइएको चिल्लो अनि बाक्लो 'झोल पदार्थ हो । त्यसपछि सरैसमा कमैेरो माटो हालेर पकाउनुपर्छ र एक प्रकारको गम जस्तो माड तयार पार्नुपर्छ । त्यस म्राडलाई फ्रेममा तन्काएको सेतो कटन वा सिल्क कपडा दलिन्छ र सुकाइन्छ । यसरी बनाइएको कपडालाई तन्काएर तीन चार पटकसम्म चिल्लो ढुङ्गा वा शड्खले घौटेपछि थाइ्का लेख्ने कपडा तयार हुन्छ ।

Questions:

Answers of class 10 nepali
Class 10 nepali notes

Answer class 10 Nepali guide


Reading
(पढाई)

Questions Answers:

9) पाठको चौथो अनुच्छेद पढी थाङ्का कोर्ने कामका चरण र प्रक्रिया बताउनुहोस्‌ ।

चौथो अनुच्छेद:
थाङ्का कोर्ने काममा पनि विभिन्न चरण र प्रक्रिया हुन्छन्‌ । सर्वप्रथम खाइबाले सिसाकलमले चित्रको स्केच गर्छन्‌ । स्केच गरिएको चित्रलाई तलमाथि नपरोस्‌ भन्ने उद्देश्यले ट्रेसिङ पेपरमा उतारिन्छ । त्यसपछि स्केच गरिएको चित्रमा रङ भर्ने काम हुन्छ । रङ भर्ने कामपछि चित्रलाई स्पष्ट देखिने गरी लाइन कोर्ने काम गरिन्छ । त्यसपछि सुन दलिन्छ । थाङ्कामा २४ क्यारेटको गुणस्तरीय सुन दल्ने चलन छ। यसका लागि सर्वप्रथम सुनलाई सरेससँग मिलाएर पानीमा घोलिन्छ । यसरी घोल्दा पानी माथि हुन्छ र पग्लेको सुन तल जान्छ । पगिलिएको सुनको लेपलाई ब्रसको माध्यमबाट चित्रमा दलिन्छ र सुकाइन्छ । सुन लगाउने काम सकिएपछि चित्रलाई टल्काइन्छ । अन्त्यमा चित्रमा रहेका देवी देवताको अङ्गहरू स्पष्ट रूपमा देखिने गरी खोल्ने काम गरिन्छ र थाङ्का तयारीको सम्पूर्ण चरण पुरा हुन्छ ।
Answer: सर्वप्रथम खाइबाले सिसाकलमले चित्रको स्केच गर्छुन्‌ । स्केच गरिएको चित्रलाई तलमाथि नपरोस्‌ भन्ने उद्देश्यले ट्रेसिङ पेपरमा उतार्ने काम गरिन्छ । त्यसपछि स्केच गरिएको चित्रमा रङ भर्ने काम हुन्छ । रङ भर्ने कामपछि चित्रलाई स्पष्ट देखिने गरी लाइन कोर्ने काम गरिन्छ । त्यसपछि पग्लिएको सुनको लेपलाई ब्रसको माध्यमबाट चित्रमा दलिन्छ र सुकाइन्छ अनि सुन लगाउने काम सकिएपछि चित्रलाई टल्काइन्छ । अन्त्यमा चित्रमा रहेका देवी देवताका अङ्गहरू स्पष्ट रूपमा देखिने गरी काम गरिन्छ । अन्त्यमा चित्रमा रहेका देवताका अङ्गहरू स्पष्ट रूपमा देखिने गरी खौल्ने काम गरिन्छ । यसरी थाङ्का तयारीको सम्पूर्ण प्रक्रिया पुरा हुन्छ ।

(१०) पाठको पाँचौं अनुच्छेद पढी थाङ्काका मुख्य देवताहरूका रङको सूची बनाउनुहोस्‌ ।
Answer:देवी देवताको ------ नाम रङको नाम

पञ्च अमिताभ ------ रातो
मेडिसियन ---------- निलो
भैरोचन --------------सेतो
अमोध सिद्धि --------हरियो
शाक्यमुनि -----------पहेँलो
बञ्जसत्त्व, अबलोकितेश्वर - सेतो तारा सेतो
मञ्जुश्री र ज्याम्बला--पहेँलो
मैत्रेयी -----------------हरियो


11)पाठका छैटौँ, सातौँ र आठौँ अनुच्छेद पढी प्रत्येकबाट मुख्य मुख्य बुँदाहरू तिप्नुहोस ।

छैटौँ अनुच्छेद:
थाङ्काको सुरुआत दसौं शताब्दीतिरबाट भएको मानिन्छ । त्यति बेला नेपाल र तिब्बतका बिचमा स्वतन्त्र रूपमा आवत जावत हुन्थ्यो, सोझो व्यापारिक सम्बन्ध थियो । नेपालीहरू तिब्बतमा व्यापार व्यवसाय मात्र होइन, घर गृहस्थी गरेर बस्थे । त्यतिबेला नेपाल तथा तिब्बतका बौद्धमार्गीहरूमा कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । पहिले सामान्य कपडामा सामान्य रूपमा चित्र लेख्ने गरिन्थ्यो । पछि त्यसलाई टिकाउ र कलात्मक बनाउन थालियो । त्यही टिकाउ र व्यवस्थित बनाउने क्रममा थाङ्का जन्मियो । तिब्बत र चिनमा नेपाली कलाकारहरूलाई झिकाएरै कला सिर्जना गर्न लगाइयो । त्यसैले नेपाली कलाकारहरूले तिब्बत र चिनमै गएर पनि थाङ्का लेख्न थाले । पछिल्लो समयमा थाङ्का नेपाल, तिब्बत र भुटानसहितको हिमाली बौद्धमार्गीहरूको पहिचान बनेको छ ।

छैटौ अनुचेद्को बुदाहरु:
(क) थाडङ्काको सुरुवात दसौँ शताब्दीतिरबाट भएको,

(ख) तिब्बतसँग नेपालीहरूको व्यापारका साथै घर गृहस्थी गर्ने चलन रहेको,

(ग) नेपाल र तिब्बतमा त्यसबेला कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन,

(घ) त्यसलाई टिकाउ र कलात्मक बनाउने क्रममा थाङ्काको जन्म भएको,

सातौँ अनुच्छेद -
थाङ्का कलाप्रेमीहरूका लागि उत्कृष्ट कलाकृति, बौद्धमार्गीहरूका लागि आस्थाको प्रतीक र शान्तिप्रेमीका लागि शान्तिको प्रतीक हो । थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय छ । गुम्बाहरूमा र घर घरमा समेत थाङ्कालाई सजाइन्छ र पुजिन्छ । लामा बौद्ध समुदायमा त हरेक मृतकका नाममा एउटा थाङ्का अनिवार्य रूपमा चाहिन्छ । बौद्धमार्गीहरूमा अलग अलग इष्ट देवताहरू हुन्छन्‌ । मान्छे मर्दा उसको इष्ट देवताअनुसार अलग अलग थाङ्का चाहिन्छ । मृतकका नामको थाङ्का घरमा पूजा गरिन्छ वा गुम्बाहरूमा चढाइन्छ । त्यसो त थाङ्का बौद्धमार्गीहरूले मात्र होइन, अरूले पनि किन्छन्‌ । कला मन पराउनेहरू सुन्दर कलाका रूपमा यसलाई किन्छन्‌ । नेपाल घुम्न आउने कतिपय पर्यटकले बुद्ध जन्मिएको भूमिको चिनोका रूपमा पनि थाङ्कालाई किन्ने गरेका छन्‌ । पछिल्लो समयमा थाङ्काको कला र प्रविधि प्रयोग गरेर अरू धर्मका देवी देवताको चित्रहरू पनि बनाउन थालिएको छ । त्यसैले थाङ्का सबैको प्रिय छ ।

Answer: सातौँ अनुचेद्को बुदाहरु:

(क) थाङ्का कलाप्रेमीहरूका लागि उत्कृष्ट कलाकृति, बौद्धमार्गीहरूका लागि आस्थाको प्रतीक र शान्तिप्रेमीका लागि शान्तिको प्रतीक रहेको,

(ख) थाङ्का बौद्धमार्गीहरूका लागि लोकप्रिय भएकाले गुम्बा र घरमा सजाउने र पूजा गरिएको,

(ग) लामा बौद्ध समुदायमा हरेक मृतकका नाममा थाङ्का राखिने गरेको,

(घ) याङ्कालाई बुद्ध जन्मिएको चिनौका रूपमा पर्यटकहरूले समेत विदेश लाउने गरेको ।

(ङ) अन्य समुदाय समेत लोकप्रिय बन्दै गएकोमा,


आठौँ अनुच्छेद -
विश्वव्यापीकरणको अहिलेको युगमा नेपाल जस्ता विकासोन्मुख देशले विकसित देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न गारो हुन्छ । त्यसैले संसारभर बिक्न सक्ने आफ्ना मौलिक उत्पादनहरूको प्रवर्धन गर्न आवश्यक छ । त्यस्ता मौलिक वस्तुको प्रवर्धन गर्न सक्दा मात्र मुलुकको आर्थिक उन्नति सम्भव हुन्छ । थाङ्का बुदूध सम्बन्धी कलाको उत्कृष्ट रूप हो । यो हिमाली क्षेत्रको मौलिक कला हो । बुदूध र हिमाल दुवै नेपालका पहिचान हुन्‌ । यसरी नै नेपाल पर्यटकहरूको सुन्दर गन्तव्य हो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका सुन्दर हिमालहरू, सुन्दर ताल, झरना, नदीनाला, पहाड, तराई समेतको सुन्दर प्रकृति पर्यटकहरूका लागि प्रमुख आकर्षण हो । साथसाथै भाषिक सांस्कृतिक विविधता र मौलिक कलाकृति भएको देश हुनाले पनि नेपाल पर्यटकहरूको रोजाइमा पर्ने देश हो ।

Answer: आठौँ अनुचेद्को बुदाहरु:
(क) विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल जस्तो विकासोन्मुख देशले मौलिक उत्पादनको प्रवर्धनमा ध्यान दिनुपर्ने,
(ख) मौलिक उत्पादनको प्रवर्धनबाट मुलुकको आर्थिक उन्नति सम्भव हुने,
(ग) थाङ्का बुद्धसम्बन्धी कलाको उत्कृष्ट रूप भएकाले हिमाली क्षेत्रको मौलिक कलाका रूपमा चिनिएको,
(घ) बुद्ध र हिमाल दुवै नेपालका पहिचान बनेका,
(ड) नेपाल विविधताले युक्त मुलुक भएकाले पर्यटकहरूका लागि रौजाइको केन्द्र बनेको ।

12) तलको अनुच्छेद पढी सारांश लेख्नुहोस्‌ :

चलचित्र कला हो । यो विश्वको ताका श्ाषा हो / भाषा ताका भएका कारण मान्छेहरू यसका दर्शक हुन तक्घन्‌ । त्यतैले केरैभन्दा केरै आन्ध्रोहरूका विचमा आफ्ना हा, विचारको सम्प्रेषण गर्न चलाचिक ज्यादै उपयोगी धव । शिक्षण सिकाइ लिएर विश्वभरिका अनेकका संत्कृतिको आदान प्रदातसम्ममा यसबाट फाइदा लिन सकिन्छ / भाषा संत्कृति र परम्पराहरूको संरक्षणका लागि चलचित सवैभन्दा उपदुक्त र ताजिलो माघ्यम हुन सम्च्न । त्यसरी नै कतारका ठुला उद्योगहरूमा चलचित्र उद्योगको पनि गणना हुन्छ । चलचित्र रोजगारीको राग्रो अकतर भएको" उद्योग हो । एउटै चलचिमा पटककया लेखक सम्पादक कलाकारहरू प्राविश्षिकहरू हल सञ्चालकहरू मजद्रहरूतमेत गरी तयौँले रोजगार पाउछन्‌ / चलचिक्मार्फत देशका प्रकृति तस्कृति सम्पदा; इतिहास; गौरव आदिको प्रचारप्रतार हुन सके पर्यटकहरू बढ्छन्‌ र यसले रोजगारका अरू अवसरहरू किर्जता गर्ध । पर्यटकको आगमनतँगै विदेशी मुद्रा आर्जन हुन राई वेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्व ।/ चलचिजहरूको विकाठतँरै मुलुकका प्रतिभाहरूको विकास हुन्ध / देशका तम्पदाहरूको तरक्षण र संवर्षतमा सहयोग एग्घ / चलचिजबाट प्राप्त हुने शिक्षा मनोरञ्जत र अभिप्रेरणाले मुलुकको चौतर्फी विकास हुन्छ । यतैले चलचित्र सामान्य मनोरञ्जनको किक्य मात्र होइन, महत्वएर्ण उद्योग पनि हो । यो प्रविधि हो, जनको भण्डार हो र कुनै पनि राष्ट्र जति ₹ भाषाको गौरव पनि हो । तत्कृति कर्मादेखि लिएर समाजशास्वी भाषाशात्यी मानवशास्त्री इतिहासकार, ताहित्यकाट राजनीतिज्ञ वा अतेक विकयका वैज्ञानिकहरूका लागि चलाचिक्ले ठुलो सहयोग गर्छ ।

Answer:
चलचित्रको उद्योगको महत्त्व


चलचित्र एउटा शि कलाका साथै यो विश्वको साझा भाषा पनि हो । यसका माध्यमबाट धेरैभन्दा धेरै मान्छेहरूका बिचमा अनुभव, भावना र विचारको सम्प्रेषण गर्न सजिलो हुन्छ । शिक्षण सिकाइदेखि लिएर संस्कृति, परम्परा आदिको संरक्षण र संवर्धनमा समेत यो सहयोगी सिद्ध हुन्छ । यसमा पटकथा लेखक, सम्पादन र दर्शकहरूको सहभागिता हुने हुनाले यसलाई महत्त्वपूर्ण उद्योगका रूपमा लिन सकिन्छ । विदेशी मुद्रा आर्जन गर्ने देशको विद्यमान सम्पदाको संरक्षण र प्रवर्धन गर्न तथा मुलुकको चौतर्फी विकासका लागि प्रेरणाको स्रोत बन्न सक्ने हुनाले सबै क्षेत्रका मानिसहरूका लागि यो क्षेत्र महत्त्वपूर्ण सहयोगी बनेको छ ।


class 10 Nepali guide, solutions Chapter 4


Writing
(लेखाई)


Answers:

13) तलका शब्दलाई वाक्यमा प्रयौग गर्नुहोस्‌।

सौन्दर्य, बहुसांस्कृतिक, समृढ, व्यापक, मन कामना, अनिष्ट, योगदान, मौलिक, आस्था, प्रतीक, अप्राप्य, क्षति

Answer: सौन्दर्य - हिमालको सौन्दर्य बयान गर्न सकिँदैन ।

बहुसांस्कृतिक - नेपाल बहुसांस्कृतिक विशेषता भएको मुलुक हो ।

समृद्ध - नैपाल समृद बन्छ भन्ने कुरामा कसैको दुई मत छैन ।

व्यापक - नेपालको कला तथा संस्कृतिका बारेमा व्यापक बहस हुन थालेको छ।

मनकामना - मनकामना पुरा होस्‌ भनी हामी ईश्वरको पूजा आराधाना गछौं ।

अनिष्ट - परम्परावादीहरू परिवारमा अनिष्ट नहोस्‌ भनी कुल पूजा गर्छन्‌ ।

योगदान - चित्रकलाको विकासमा युप्रै व्यक्तिहरूले योगदान दिइएका थिए ।

मौलिक - थाड्कामा नेपालीको मौलिकता पाइन्छ ।

आस्था - हामीले कसैको आस्था र विश्वासमाथि खेलवाड गर्नु हुँदैन ।

प्रतीक - आस्थाका प्रतीक मानिएका मन्दिरहरूको संरक्षण गर्नु सबैको कर्तव्य हो ।

अप्राप्प - मानिसले कतिपय कुराहरू जतिसुकै प्रयास गर्दा नि अप्राप्य हुन्छन्‌ ।

क्षति - संसारमा हरेक वर्ष भूकम्पले ठुलो क्षति पुग्याउने गरेको छ ।

Questions:

Answers of class 10 nepali
Guide book solutions in nepali
14) तलको पर्श्नको उत्तर लेख्नुहोस्।

(क) थाङ्काको सुरुआत र विकास के कसरी भएकोहो ?
Answer: थाङ्काको सुरुवात दसौं शताब्दीतिरबाट भएको मानिन्छ । त्यस बेला नेपाल र तिब्बतका बिचमा स्वतन्त्र रूपमा आवतजावत हुने गर्थ्यौ र व्यापार गर्न कुनै कठिनाइ थिएन । दुवै देशले सोझै रूपमा व्यापार गर्थे । नेपालीहरू तिब्बतमा व्यापार व्यवसाय मात्र होइन, घर गृहस्थी गरेर समेत बस्नै गर्थे । त्यस बेला नेपाल तथा तिब्बतका बौदड्धमार्गीहरूमा कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । पहिले सामान्य कपडामा सामान्य रूपमा चित्र लेख्ने गरिन्थ्यो । पछि त्यसलाई टिकाउ र कलात्मक बनाउन थालियो । त्यही टिकाउ र व्यवस्थित बनाउने क्रममा थाङ्काको सुरुवात भयो । तिब्बत र चिनका नेपाली कलाकारहरूलाई झिकाएरै सिर्जना गर्न लागाइयो । नेपालेमा मात्र होइन नेपाली कलाकारहरूले तिब्बत र चिनमा समेत थाङ्का तयार गर्न थाले । यसरी थाङ्काको विकास तिब्बत, चिन हुँदै भुटान सहित हिमाली क्षेत्रमा भएको पाइन्छ ।

(ख)थाङका लेखनको सुरूआतदेखि नै नेपाली कलाकारहरूको संलग्नता थियो' पुष्टि गर्नुहोस्‌ ।
Answer: थाङ्‌काको सुरुआत दशौं शताब्दीदेखि भएको हो । नेपाल र तिब्बतबीच स्वतन्त्र आवागमन र व्यापारिक सम्बन्ध थियो. । त्यतिबेला नेपाल तथा तिब्बतका बौद्धमार्गीहरूमा. कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । पहिले पहिले नेपालीहरूले सामान्य कपडामा सामान्य चित्र कोर्चे । पछि: त्यसलाई टिकाउ र कलात्मक बनाउन थालियो त्यसपछि तिब्बत र चिनका बौद्धमार्गीहरूले नेपालबाट कलाकारहरू मगाएर कला सिर्जना गर्न लगाए । त्यसपछि नेपाली कलाकारहरूले तिब्बत र चिनमा गएर थाङ्का निर्माण गर्न थाले । तसर्थ थाङ्का लेखनको सुरूआत देखि नै नेपाली कलाकारहरूको संलग्नता थियो भन्ने पृष्टि हुन्छ ।

(ग) थाङ्का के केको प्रतीक हो?
Answer: थाङका बौद्धमार्गीहरूमा लोकप्रिय छ । गुम्बा र घरहरूमा यसलाई सजाएर पुजिन्छ । लामा बौद्ध समुदायमा त हरेक मृतकका नाममा एउटा थाङ्का राख्ने चलन छ । मानिस मर्दा उसको इष्ट देवताअनुसार अलग अलग थाउका चाहिन्छ । ती प्रत्येक थाङकाका अलग अलग प्रतीक हुन्छन्‌ । थाङ्का कलाप्रेमीका लागि उत्कृष्ट कलाकृति, बौद्धमार्गीहरूका लागि आस्थाको प्रतीक र शान्तिप्रेमीका लागि शान्तिको प्रतीक हो ।

(घ) थाङ्का बऔौडमार्गीहरूमा लोकप्रिय हुनाका कारणहरू के-के हुन्‌ ?
Answer: थाङ्का बौडमार्गीहरूमा लोकप्रिय हुनाका कारण थुप्रै छन्‌ । एक त यो बुङप्रति आस्था जगाउने हिसाबले तयार गरिन्छ भने अर्कातिर बुढका रूप र बिचारको अभिव्यक्ति गर्ने माध्यम समेत भएकाले यो लोकप्रिय बनेको पाइन्छ । थाङ्का बौद्धमार्गीहरूका लागि आस्था र शान्तिप्रेमीहरूका लागि शान्तिको प्रतीक बनेको छ । गुम्बाहरूमा र घर घरमा समेत थाङ्कालाई सजाइन्छ र आस्थापूर्वक पुजिन्छ । लामा बौद्ध समुदायमा त हरेक मृतकका नाममा एउटा थाङ्का अनिवार्य रूपमा चाहिन्छ । आफ्ना इष्ट देवताअनुसार अलग अलग थाङ्का चाहिन्छ र मृतकका नामको थाङ्का घरमा राखेर पूजा गरिन्छ वा गुम्बाहरूमा चढाइन्छ । यसरी धार्मिक कियाकलापमा आवश्यक पर्ने र यसको निर्माण तथा उपलब्धता समेत सहजै हुनु नै थाङ्का बौडमार्गीहरूमा लोकप्रिय हुनाका कारण हन्‌ ।

(ङ) किन बौद्धमार्गीबाहेक अरूले समेत थाङ्कालाई मन पराउँछन्‌ ?
Answer: बौद्धमार्गीहरूमा धेरै नै लोकप्रिय भए पनि अरूले समेत मन पराउन थालेका छन्‌ । एकातिर बुद्धधर्मकै हिन्दु धर्म उदार विचार र मान्यता हो भने त्यसले अँगाल्ने कुरालाई अरूले अनुसरण गर्नु कुनै नौलो कुरा होइन । त्यसैले बौद्धमार्गी बाहेक अरूले पनि यसलाई अँगाल्न थालेका छन्‌ । अन्य धर्मालवम्बीहरूले आफ्नो आस्थालाई कलात्मक र व्यवस्थित रूपमा अभिव्यक्ति दिने माध्यमका रूपमा थाड्कालाई अँगाल्न थालेको पाइन्छ । यसको सामग्री सहजै उपलब्ध हुने र व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन भएकाले यो अरु समुदायले समेत पराउँछन्‌।

15)थाङ्काको प्रवर्धन गर्न सक्दा नेपाललाई के-कस्ता फाइदा हुन्छन्‌, विवेचना गर्नुहोस्‌ ।
Answer: थाङ्काको प्रवर्धन गर्न सके नेपाललाई धेरै फाइदा हुन सक्छन्‌ । नेपालीहरूको मौलिक चित्रकलामा आधारित थाङ्काकौ प्रवर्धन गर्न सकै यसले व्यावसायिक रूप लिन सक्नै देखिन्छ । आजको कोलाहलयुक्त विश्वमा शान्तिका अग्रदूत गौतम बुद्धका दर्शन र मान्यताहरूले सबैलाई आकर्षित गर्नु स्वाभाविक बन्न गएको छ । तिनै गौतम बुद्धका अनुयायीहरूले कलात्मक र व्यवस्थित रूपमा विकसित हुँदै आएको याङ्कालाई घेरै मानिसहरूले व्यवसायका रूपमा अँगाल्दै आएका छन्‌ । अर्को शब्दमा भन्दा आज धेरै नेपालीहरू थाङ्का व्यवसायमा आशित छन्‌ ।

थाङकाको निर्माण गर्न धेरै अर्थ र ठाउँको पनि आवश्यकता पर्दैन । सजिलै र सस्तो मूल्यमा तयार गर्न सकिने भएकाले यसप्रति धेरैको आकर्षण बढ्दै गएको छ । बुद्धमार्गीहरू मात्र होइन आजभोलि अरू जातिका मानिसहरू पनि यसमा संलग्न हुन थालेका छन्‌ । थाङ्का व्यवसायमा अपाङ्गता भएका व्यक्तिहरू समेत संलग्न हुन थालेका छन्‌ । आज हजारौँ मानिसहरूले यसलाई पूरक पेसा बनाएका छन्‌ ।

आज पर्यटकहरूको पनि थाङ्काप्रति आकर्षण बढ्दो छ । नेपालमा मात्र होइन विदेशमा पनि अरबौँ रुपियाँका थाङ्का बिक्री हुन्छन्‌ । संसारमा थाङ्काका साथसाथै बुद्धसम्बन्धी मूर्तिहरूको पनि माग बढ्दै जान थालेको छ । कतिपय बौद्धमागीहरू थाङ्काका साथै बुद्धका मूर्तिहरू पनि साथसाथै लैजाने गर्छन्‌ । नेपालमा बुद्धसम्बन्धी मूर्तिहरूको पनि उत्पादन हने गरेको छ । बुद्ध र भृकुटीको जन्मथलो, कतिपय बुद्ध गुरुहरूको कर्म र ज्ञान बलोका रूपमा रहेको नेपाल संसारभरकै बौद्धमार्गीहरूको प्रमुख गन्तव्य भएकाले थाङ्का र बुद्धसम्बन्धी मूर्तिहरूको उत्पादन प्रवर्धन गर्नु आजको आवश्यकता हो । यसको विकास गर्न सके संसारभरको मागलाई पुरा गर्न सक्नि छर यसौ गर्न सके नेपालका लागि बरदान साबित हुने कुरा पनि स्पष्ट छ।


exercise of Nepali class 10 book


16) व्याख्या गर्नहोस्‌ :
(क) जहाँ विविधता हुन्छ, त्यहाँ अनेक सम्भावना पनि हुन्छ ।
Answer: नेपाल भौगोलिक, जातीय, भाषिक, धार्मिक आदि दृष्टिले बहु आयामिक प्रकृतिको मुलुक हो । यही विविधताभित्र सौन्दर्यको रूप भेदन सकिन्छ । विविधताले अनेक समस्या निम्त्याउने सम्भावना त हुन्छ नै त्यसभित्र अनेक राम्रा सम्भावनाहरू पनि त्यत्तिकै हुन्छन्‌ भन्ने क्रालाई यहाँ प्रस्तुत गरिएको छ ।

भौगोलिक दृष्टिले नेपाल विविधतायुक्त देश हो । यो देश हिमाल, पहाड र तराई मिलेर बनेको छ । अघाह हिमाली सौन्दर्य र जलग्रोतको खानी मानिएको हिमालले संसारभरका मानिसहरूलाई आकर्षित गर्ने क्षमता राख्छ । त्यस्तै नेपालको पहाडी क्षेत्रमा जडीबुटी, खनिज पदार्थ, फलफुल र स्वस्थ पर्यावरण रहेको छ । यस क्षेत्रले पनि नेपालको विकासमा प्रशस्त योगदान दिन सक्छ । त्यसैगरी तराई अन्नको भ्रण्डार मानिन्छ । यतिमात्र होइन नेपाल. एक बहुजातीय, बहभाषिक, बहुधार्मिक बहसाँस्कृतिक देश हो । नेपालको पहिचान सगरमाथाको देश, गौतम बुद्धको देश, वीर वीरङ्गानाहरूको देश जस्तै विविधतामा एकता भएको देश हो । यस्ता विविधताले युक्त देश नेपालको विकासमा प्रशस्त सम्भावनाहरू रहेका छन्‌ । अधाह जलस्रोतबाट बिजुली निकाल्न सकिन्छ भने पहाडी क्षेत्रबाट खनिज तथा उद्योग घन्दाका लागि कच्चा पदार्थ उत्पादन गर्न सकिने सम्भावना छ । हिमाल र पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकै अनि तराईलाई औद्योगिक क्षेत्रमा परिणत गरे देशको मुहार फेरिन बेर लाग्दैन ।

अनेक जातजाति, धर्म, संस्कृतिले युक्त नेपालप्रति बिश्वको ध्यान आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध र वीर वीरङ्गानाहरूको जन्मस्थलका रूपमा विश्व परिचित नेपाल विविधतायुक्त देश भए पनि त्यत्तिकै सम्भावना बौकैकौ मुलुक हौ र यसको विकासमा यिनै विविधतायुक्त तत्त्वहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको छ भन्न सकिन्छ ।

(ख) बुद्ध र हिमाल दुवै नेपालका पहिचान हुन्‌ ।
Answer: नेपालका लागि बुद्ध र हिमाल गौरवका विषय हुन्‌ । विश्वमा नेपाललाई कि त बुद्धको देश भनेर चिनिन्छ कि त हिमालको देश भनेर । त्यसैले नेपालका लागि बुढ र हिमालको महत्त्व एवम्‌ गरिमा विशिष्ट किसिमको रहेको छ । यी दुई कुराको महत्त्व बुझेर अघि बढ्न सके नेपालको सुदुर अविष्य निकै आशालाग्दो हुने क्रामा विश्वास गर्न सकिन्छ ।

गौतम बुद्ध नेपाल धर्तीमा जन्मेर विश्वमा शान्ति फैलाउने प्रमुख व्यक्तित्व हुन्‌ । उनको दर्शन, बिचार वा मान्यताले आजको संसारलाई सजिलै आकर्षित गर्न सक्छ र गरेको पनि छ । उनका विचार र मान्यताहरूलाई संसारभर फैलाउन थाङ्का जस्ता चित्रहरूले पनि सहयोग पुच्याएका छन्‌ । उनी संसारभरका शान्तिप्रेमी मानिसहरूका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक हुन्‌ । त्यस्तै नेपाल हिमाली मुलुक हो । यहाँ संसारकै सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त थुप्रै अग्ला हिमालहरू रहेका छन्‌ । सौन्दर्यका खानी र जलख्रोतका मुहानका रूपमा रहेका हिमालले पनि संसारभरका सौन्दर्यप्रेमीहरूलाई आकर्षित गरेको पाइन्छ ।

नेपाल र नेपालीहरूका लागि गौरवका विषय बनेका बुद्ध र हिमालले नेपालको पहिचान गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन्‌ । अतः देशको गरिमा बढाउन बुद्ध र हिमालको महत्त्वलाई ख्याल गरी अघि बढ्नु आवश्यक छ । यिनै विषयले नेपालको गरिमा बढ्छ र नेपालीहरूको शिर पनि उच्च बनिरहन्द् ।

17)तलको तालिकामा उच्चारण र लेखाइ दुबैमा 'ब' प्रयौग हुने शब्दहरूका केही उदाहरण दिइएको छ । त्यही समूहका थप शब्दहरू खोजेर लेख्नुहोस्‌ :
(क) म पछि आउने ब, जस्तै : खम्बा
Answer: कम्बल, किम्बु, चम्बु, खम्बु, अम्बक, अम्बर, एम्बुस, अम्बलवाज

(ख) क्रिया शब्दमा आउने ब, जस्तै बजार्नु
Answer: बजाउनु, बच्नु, बज्नु, बञ्जनु,बटार्नु, बेर्नु, बजाउनु, बट्लिनु,

(ग) अङ्कमा आउनै ब, जस्तै : बाइस,
Answer: बार, बिस, छब्बिस बयालिस बाउन्न

18)पाठबाट उच्चारण र लेखाइ दुवैमा 'ब' प्रयोग हुने शब्दहरू टिपेर सूचीकृत आर्नुहोस्‌ ।
Answer: बनेको, जडीबुटी, बहुजातीय, बुद, बुझिन्छ, बाट, बनाएको, बहुआयमिक, बहुला 19)पाठबाट 'ब' उच्चारण भए पनि 'व' लेखिने शब्दहरू खोजेर उत्तरपुस्तिकामा लेख्नुहोस्‌।
Answer: पवीर, विविध, विषय, देवी, वास, सर्वप्रथम, विकासोन्मुख, विकसित, विविधता, प्रविधि, प्रवर्धन, विज्ञ, विदेश, वरदान वञ्जसत्त्व, अवलोकितेश्वर, वञ्जपाणि, जीवनी, प्रविधि, भैरव, जीवजन्तु, विश्वास, सर्वप्रथम, बस्तु, व्यापारिक, अनिवार्य, विश्वव्यापीकरण, प्रवर्धन, सम्भव, दुवै, सर्वोच्च, बिदेशी, वैदेशिक, वरदान

Nepali guide of class 10 nepali book





Nepali Grammar
(व्याकरण)


Questions:

Answers of class 10 nepali
Class 10 nepali chapter 4 execrices with answers

Answers:

2)रेखाड्कित शब्दहरूबाट सर्वनाम, विशेषण र क्रियापद छुद्याउनुहोस:
Answer: सर्वनाम - उनीहरू, यिनीहरू, म, उनीहरू, म, उनीहरू, उनीहरू

विशेषण - कान्छा, साना, जेठी, सात, पारिवारिक, तीनै, औधी, धेरै, राम्रो, आफ्नो, ढुला, साना, मेरा

क्रियापद - छन, पराउँछन्‌, गर्छु, आइपुग्छन्‌, सुन्छन्‌, भन्छन्‌ ।

3) तलको अनुछेद नाम, सर्वनाम, विशेषण र क्रियापद चुतौनुहोस। Answer:नाम- शिखर, सगरमाथा, उचाइ, मानिस, इज्जत, प्रतिष्ठा, गौरव, आत्मसन्तुष्ट, मानिस, तैन्जिङ .नोरगे, एडमन्ड हिलारी, चुचुरो, जापान, जुन्को ताइबैई, महिला पासाङ ल्हामु शेर्पा, क्षेत्र बर्ग, समुदाय, पैसा, उमेर, लाप्पा शोर्पा

सर्ववाम - यो, यस, उनीहरू, उनी, त्यस्ता

विशेषण - सर्वोच्च, अग्लो, आरौही, साहसी, सयौँ, पहिलो, कीतिमार्न, थुप्रै, पहिलो, साहसी, नेपाली, विभिन्न

क्रियापद हो , पर्छ, छ, चाहन्छ, नन्छ, चान्छन्‌ हुन, गरै, छन्‌, हुन्‌




सिर्जनात्मक अभ्यास


तलका विषयमा निबन्ध लेख्नका लागि आवश्यक बुँदाहरू के-के हुनसक्छन्‌ ? कक्षामा छलफल गरी निष्कर्ष निकाल्नुहोस्‌ र बुँदाहरूका आधारमा निबन्ध लेख्नुहोस्‌ :
Answer:क) सूचना प्रबिधि-
बुदाहरू
-हरेक कुरालाई जानकारी गराउने कामलाई सूचना र त्यसलाई प्रवाहित गर्ने कुरालाई बा तरिकालाई प्रविधि भनिने गरेको,

- सूचना प्रविधिको विकास नब्बैको दशकमा - आएपछि व्यापक बन्दै गएको,

-सूचना प्रविधिको विकासले सामाजिक सञ्जालदेखि हरेक काममा सहज भएको,

-आज सूचना प्रविधिबाट संसार साँघुरो घेरामा बाँधिएको,

- तथ्याङ्कक सूचना चुनौती बन्दै गएको अए पनि मानव सभ्यतामा वरदान साबित भएको ।

सूचना प्रविधि


हरेक घटना वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने वा जानकारी गराउने कार्यलाई सूचना भनिन्छ | त्यस्तो जानकारी गराउने तरिकालाई प्रविधि भनिन्छ । आज सूचना अत्यधिक बिकास भएको छ । यसले संसार एउटै गाउँका रूपमा परिणत भएको छ भने मानव जीवन सहज र सरल बन्दै गएको छ ।

पहिले मानव जीवन सूचना प्रविधिका अभावमा निकै नै कष्टकर थियो । खास गरी रेडियो, टेलिफोन, मोबाइल आदिको बिकास र विस्तारसँगै मानव जीवन सहज बन्दै गयो । नब्बेको दशकमा आइपुग्दा कम्प्युटर सञ्जालले बिभिन्न ठाउँबाट हुने काम एकै स्थानबाट गर्न सकिनै अवस्था सिर्जना भएको छ । कार्यालयको एक कुनाबाट अर्को कुनामा मात्र नभई एक देशको शाखाबाट अर्को देशको शाखासित कारोबार समेत गर्न सकिन्छ । यसले शिक्षा, स्वास्थ्य लगायत व्यापारिक क्षेत्रको उत्पादकत्व बढाउन पनि सहयोग पुच्याएको छ । यस्तै कर्मचारीहरूबिच हुने सञ्चारको प्रकृतिमा पनि तीव्र गतिले परिवर्तन भएको छ । दोस्रो वा तेय्रो व्यक्तिको सहयोगबिनै हुने सञ्चारले कार्यस्थलमा कर्मचारीहरूबिचको आपसी सम्बन्धलाई थप बलियो बनाएको छ । विशेष गरी सामाजिक सञ्जालसँग सम्बन्धित साइटहरूको प्रयोगले पनि कर्मचारीहरूको आपसी सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाइरहेको अनुभव हुन्छ ।

आज्ञ सूचना प्रविधिले कर्मचारीहरूमा सामूहिकताको भाव पैदा गर्न सहयोग गरिरहेको छ । त्यस्तै उनीहरूले एकअर्कासँग सजिलैसित अर्न्तक्रिया गर्न समेत पाइरहेका छन्‌ । यसबाट विशेष गरी विश्वका ठुला कर्पोरिसनहरूले आफ्नो कार्यस्थलको काम थप सिर्जनात्मक बनाउन विभिन्न रणनीति अख्तियार गरिरहेका छन्‌ । व्यापारिक सफलताका लागि कार्यस्थलको संस्कृति पनि परिवर्तन हुनुपर्नेमा अब धेरैको दुईमत छैन । वर्तमान प्रतिस्पर्धात्मक युगमा कम्प्युटर प्रविधिको अत्यधिक प्रयोग नगरी टिक्नै नसक्नि अवस्था रहेको कम्पनीहरूले राम्रैसँग बुझेका छन्‌ । कतिपय अबस्थामा त कार्यालय नगई नै सुरक्षित सञ्जालबाट कर्मचारीहरूले आफ्ना काम गरिरहेको समैत देख्न सकिन्छ ।

प्रविधिको विकाससँगै सूचना प्रविधिका क्षेत्रमा केही चुनौतीहरू पनि थपिँदै गएका छन्‌ । खास गरी एक दशकयता तथ्याङ्कक सुरक्षा एउटा प्रमुख चुनौती बनेको छ । इन्टरनेटको विकासका सम्भावनाका थुप्रै पक्षहरू उद्घाटित भए पनि पछिल्लो एक दशकमा हदवात्तै बढेको 'हयाकिङ' वा डाटा चोरीले कार्यस्थलहरू आक्रान्त बनिरहेका छन्‌ । सर्भरहरूमा राखिएका कार्यालयीय तथ्याङ्कहरू नेटवर्कमा अवाञ्छित तवरले हुनै घुसपैठबाट चोरी हुने खतराहरू पनि उत्तिकै बढेका छन्‌ । केही वर्षयता पश्चिमी देशका ठुला कम्पनी र वित्तीय संस्थाका अतिगोप्य तथ्याङ्कहरू चौरी भएर उच्च आर्थिक क्षति बेहोर्नुपरेका उदाहरण प्रशस्तै छन्‌ । तिनमा कर्मचारी तथा उपभोक्ता/ग्राहकका तथ्याङ्ककहरू घेरै चोरी भएका पाइएका छन्‌ । तर अहिलेसम्म कम्प्युटर सुरक्षामा 'हयाकिङ प्रुफ' नेटवर्क भने बनाउन सकिएको छैन । यचपि यस समस्याको समाधान गर्ने कम्पनीहरूको नेटवर्कलाई सुरक्षित बनाउने प्रयत्नहरू पनि भइरहेका छन्‌ ।

आज सूचना प्रविधिले मानिसको जीवनलाई सजिलो बनाउँदै लगेको छ । सबैभन्दा प्रमुख क्रा यसले समय र भौतिक दूरीलाई मेटाउँदै छ । शिक्षा, सिप, ज्ञान र सूचना प्राप्त गर्न र प्रेषण गर्न अति सजिलो भएको ' छ । विश्वभरि फैलिएको ज्ञानको भण्डारका रूपमा रहेका पुस्तक, पत्रिका आदिलाई निमेषभरमै टेबुलमाथि ल्याउन, हेर्न, छाप्न र सुन्न सम्भव भएको छ । यातायातमा हुने समय र खर्चलाई घटाएको छ । एक जना व्यक्तिको विचार वा सन्दैश क्षणभरमै विश्वभरि फैलाउन सक्नि भएको छ। यो सूचना प्रविधिकै देन हो । यसको उचित प्रयोग गर्दै जानु बुढिमत्तापूर्ण कार्य हनेछ ।


Class 10 Nepali guide book notes lesson