पुनः श्रम स्वीकृति पूर्ण अनलाइन, पहिलो दिन ८ सयले लिए सेवा https://ift.tt/eA8V8J

काठमाडडौं । आइतबार ८०० जनाले वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति (रिइन्ट्री) लिएका छन् । आइतबारदेखि पुनः श्रम स्वीकृतिलाई पूर्ण अनलाइन माध्यमबाटै गर्ने काम सुरु भएपछि पहिलो दिन नै ८०० जनाले सेवा लिएको खबर गोरखापत्रले छापेको छ ।

विभागका महानिर्देशक दीपक काफ्लेले भने, ‘गत वर्ष पुसदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आइतबारदेखि पूर्ण रूपमा अनलाइनबाटै पुनः स्वीकृति दिने व्यवस्था गरिएको हो ।’

महानिर्देशक काफ्लेले पहिलोपटक काठमाडौंको ताहाचल कार्यालयबाट सुरु गरिएको अनलाइनबाट पुनः श्रम स्वीकृति दिने कार्यलाई विस्तारै अन्य छ प्रदेशमा रहेका वैदेशिक रोजगार कार्यालयमा विस्तार गरिने जानकारी दिए ।

वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले पुनः श्रम स्वीकृतिलाई ‘फेसलेस’, ‘पेपरलेस’, ‘क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शी रूपमा गुनासोसहित सेवा प्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन थालिएको जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने सेवालाई पूर्ण रूपमा अनलाइन बनाउने कार्यको पहिलो दिन सामान्य समस्या आए पनि ८०० जनाले सेवा लिएको उनले बताए ।

The post पुनः श्रम स्वीकृति पूर्ण अनलाइन, पहिलो दिन ८ सयले लिए सेवा appeared first on Tech News Nepal.



Tech News Nepal https://ift.tt/323Qi9R

Post a Comment

Previous Post Next Post

Search This Blog