लिभरपुल दोस्रो स्थानमा उक्लियो

३ माघ, काठमाडौं । प्रिमियर लिगमा आइतबार लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० ले पराजित गर्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा सहज जितपछि लिभरपुलले चेल्सीलाई पछि पारेको हो ।

लिभरपुललाई जित दिलाउन फाबिन्होले ४४औं, एलेक्स चेम्बरलेइनले ६९औं र ताकुमी मिनामिनोले ७७औं मिनेटमा गोल गरे ।

जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ । जुन एक खेल बढी खेलेको चेल्सी भन्दा २ अंक बढी हो । लिभरपुल शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा ११ अंकले पछि छ । २२ खेल खेलेको सिटीको ५६ अंक छ ।

ब्रेन्टफोर्ड २१ खेलबाट २३ अंकसहित १४औं स्थानमा छ ।



from https://ift.tt/eA8V8J https://ift.tt/3GA2oqv

Post a Comment

Previous Post Next Post

Search This Blog