स्टिभन हकिङ्सको सम्झनामा गुगल डुडल

 

स्टिभन हकिङ्सको सम्झनामा गुगल डुडल

काठमाडौं । आज स्टिभन हकिंस्स हामीमाझ हुन्थे भने उनको ८० औं जन्मदिन मनाइने थियो । उनी आज हामीसँगै छैनन् । तर, उनको काम, उनले यो विश्वलाई दिएको योगदानले उनी सँधै सबै माझ अमर रहनेछन् ।

त्यसैले पनि उनको जन्मदिनमा उनलाई सम्झदै गुगलले आज ‘गुगल डुडल’ तयार पारेको छ । फिजिसिस्ट तथा कस्मोलोजिस्ट हकिङ्सको परिवारसँगको सहकार्यमा गुगलले आजको डुडल तयार पारेको हो । जसले हकिङ्सको जिन्दगीलाई दर्शाएको छ ।


२ मिनेट ३१ सेकेण्डको भिडियो सहितको उक्त डुडलमा कम्प्युटर मार्फत निकालिएको हकिङ्सको चर्चित आवाज प्रयोग गरिएको छ । जसमार्फत स्नातक पश्चात उनले गरेको काम काम र अनुभवको विषयमा जानकारी दिइएको छ ।

सन् १९४२ मा इङ्ल्याण्डको अस्फोर्डमा जन्मिएका हकिङ्स सँधै ब्रह्माण्डमा रुचि राख्दथे । उनी २१ वर्षको उमेरमा हिँडडुल गर्न तथा बोल्न नसक्ने भएका थिए । तर, सन् १९८० मा एमआईटीको इन्जिनियर डेनिस क्लाटले निर्माण गरेको कम्प्युटर प्रयोग गरेर बनाइएको सिस्टमबाट बोलेका थिए ।

गुगलले डुडलमा प्रयोग गरेको उक्त आवाजमा हकिङ्सले ब्ल्याक होलको विषय बोलका छन् । हकिङ्सलाई सोही ब्ल्याक होल परियोजना कारण विश्वमा परिचित छन् ।

Post a Comment

Previous Post Next Post

Search This Blog