सीडीओ भन्छन्- ‘लकडाउन हुँदैन, हल्लाको पछि नलागौं

 

सीडीओ भन्छन्- ‘लकडाउन हुँदैन, हल्लाको पछि नलागौं’


  • काठमाडौं- उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले लकडाउन हुने हल्लाको पछाडि नलाग्न नागरिकहरुलाई आग्रह गरेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै जिल्लाका सीडिओहरुको बैठक नबसेको र तत्कालै कुनै लकडाउन घोषणा गर्ने तयारी नरहेको बताएका हुन्।संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा लकडाउन हुने हल्ला व्यापक रुपमा फैलिएको छ। आइतबार थप ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको छसंक्रमणका कारण २ जनाले ज्या’न पनि गु’माएका छन्। दैनिक रुपमा संक्रमित हुने ग्राफ उकालो लागेसँगै पुन: लकडाउन हुने हो कि भन्ने हल्ला चलेको छ।

    त्यसैका लागि काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुखहरुको बैठक बस्ने हल्लासमेत चलेको थियो। ‘हालसम्म यस्तो कुनै बैठक बसेका छैनौं र लकडाउन गर्ने तयारी समेत छैन,’ उपाध्यायले भने।

    यता, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आइतबार आन्तरिक बैठक बसेको र जिल्लाभरका विद्यालयमा खोप अभियान तीव्र पार्ने निर्णय गरेको जानकारी दिए। उनले पनि हालसम्म कुनै लकडाउन वा निषेधाज्ञा घोषणा गर्ने तयारी नरहेको स्पष्ट पारे।

    ‘लकडाउन वा अन्य निर्णय गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्नुपर्ने हुन्छ। उक्त बैठक हालसम्म बसेको कुनै जानकारी छैन। त्यसैले हामीले लकडाउन गर्ने तयारी पनि गरेका छैनौं,’ उनले भने।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पनि हालसम्म लकडाउनको कुनै कार्यक्रम नरहेको बताए। लकडाउन वा निषेधाज्ञाको निर्णय सीसीएमसीको र उपत्यकाका तीन जिल्लाका सीडिओको बैठकपछि मात्र हुने उनले बताए।खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने

    संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ ।
    आइबार बसेको सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।

    माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

    त्यस्तै बैठकले विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

    त्यस्तै माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो ।

    कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।

    कोभिड-१९ व्यवस्थापन समिति(सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोभिड १९ व्यवस्थापन समितिको आइतबारको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

    हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ ।

    यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ । यससँगै खोप लगाएको कार्ड भएकाले मात्र यस्तो स्थानमा प्रवेश पाउने छन् 

    Post a Comment

    Previous Post Next Post

    Search This Blog