चीनबाट ल्याएको ४४ लाख डोज खोप ४ असोजदेखि लगाइने

काठमाडौं, १ असोज । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।
सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहाले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले न्युज कारखानासँग भने ।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।

Post a Comment

Previous Post Next Post

Search This Blog