टिकटकको प्रयोगकर्ता एक अर्ब , विश्वकै पहिलो सामाजिक संजाल बन्यो

प्राविधिक उद्योगमा टिकटकले अर्को
ठूलो
उपलब्धी हासिल
गरेको
छ
।
गुगल
र
फेसबुकको स्वामित्वमा नरहेको
एक
अर्ब
प्रयोगकर्ता हुने
यो
विश्वकै पहिलो
सामाजिक संजाल
प्लेटफर्म बनेको
छ
।
कम्पनीले आफ्नो
ब्लग
पोस्ट
मार्फत
यसबारे
घोषणा
गर्दै
दुनियाँभरिबाट मासिक
एक
अर्ब
भन्दा
बढी
‘एक्टिभ
युजर’
अर्थात
सक्रिय
प्रयोगकर्ता रहेको
बताएको
छ
।
गुगल
र
फेसबुक
बाहेकका सामाजिक संजाल
प्लेटफर्मले विश्वभरबाट यति
ठूलो
सङ्ख्यामा उपभोक्ता पाउनु
एकदम
दुलर्भ
मानिने
गरिएको
छ
।
यसअघि
फेसबुक,
युट्युब अनि
फेसबुक
कम्पनीकै इन्स्टाग्रामका मात्र
एक
अर्ब
प्रयोगकर्ता रहेका
थिए
।
यता
लामो
समय
अगाडि
सेवा
सुरु
गरेको
भएपनि
स्न्यापच्याट र
ट्वीटर
प्रयोगकर्ताको सङ्ख्या एक
अर्बको
कतै
नजिक
छैन
।
यसरी
छोटा
भिडियोहरु बनाएर
पोस्ट
गर्ने
यो
प्लेटफर्मले कम
समयमै
अत्याधिक लोकप्रियता कमाएको
छ
।
विशेषगरी कोभिड
महामारीका समयमा
मानिसहरुले अधिकतम
समय
मोबाइल
लगायत
डिभाइसहरुमै बिताउने भएकाले
पनि
यसको
प्रयोग
झनै
बढेको
हो
।
यससँगै
टिकटकमा विभिन्न सामग्री पोस्ट
गरेर
त्यसैको कमाइबाट जीवन
चलाउने
क्रम
पछिल्लो समय
बढेको
छ
।
टिकटकमा हिट
भएकै
कारण
कतिले
मनोरञ्जन क्षेत्रमा नाम
कमाएका
छन्
भने
नेट्फ्लिक्स जस्तो
ठूलो
प्लेटफर्ममा समेत
अवसर
पाइरहेका छन्
।
पूर्वराष्ट्रपति
डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकको व्यापकता अन्त्य
गर्न
अनेकौँ
प्रयास
गरेपनि
यसलाई
बन्द
गर्न
सकेनन्
।
यता
भारतमा
चाहिँ
यसमाथि
पूर्ण
प्रतिबन्ध छ
भने
युरोपेली नियामकहरुले पनि
बाल
सुरक्षा र
डाटा
सम्बन्धी यसको
नीतिमाथि प्रश्न
उठाउँदै आएका
छन्
।
तर
यी
सबै
समस्या
झेलिरहेपनि टिकटकले आफ्नो
लोकप्रियता कायमै
राखिरहेको छ
।
अन्य
प्रतिस्पर्धी सामाजिक संजाल
प्लेटफर्महहरुले टिकटक
समान
सेवा
: इन्स्टाग्राम रिल्स,
युट्युब सर्टस,
स्न्यापच्याट स्पटलाइट लगायत
ल्याएपनि टिकटक
प्रयोगकर्ता गत
महिना
२५
प्रतिशतले बढेका
हुन्
।
एजेन्सी