दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्य

    

दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्य

दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्यकेन्द्रीय राजधानी दिल्लीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा करिब ४ हजार संक्रमित फेला परेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। तीमध्ये ८४ प्रतिशत अर्थात् ३३ सय बढीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका छन्। 


दिल्लीमा आगामी हप्तादिनमै यसले नराम्रो संकेत देखाउन विज्ञहरुले दाबी गरिरहेका छन्। भारतमा पछिल्लोमा २४ घण्टामा देशभरि ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका थिए। त्यस्तै भारतमा ओमिक्रोन संक्रमितको संख्या भने १ हजार ७ सय पुगेको छ। 

महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतमा कोरोना संक्रमितको संख्या फैलिरहँदा नेपालको सीमावर्ती क्षेत्रमा भने नेपाली तथा भारतीय नागरिकको आवतजावतमा कुनै रोक लगाइएको छ। नेपाल-भारतको मुख्य प्रवेशद्वारहरुमा पनि दुवै देशका नागरिकहरुको बाक्लो आवतजावत रहेको देखिन्छ। यसले नेपालमा पनि संक्रमण दर बढ्नसक्ने अनुमान विज्ञहरुले गरेका छन्। 

Post a Comment

Previous Post Next Post

Search This Blog