निद्रासम्बन्धी सामान्य समस्याहर || निद्रासम्बन्धी समस्याहरूमा निद्रा लाग्न, symptom solution easily in home


निद्रासम्बन्धी सामान्य समस्याहर

 निद्रासम्बन्धी समस्याहरूमा निद्रा लाग्न, सुतिरहन वा जागै रहनमा कठिनाइहरू सामेल छन्। जाँच गर्नुहोस् 


() निम्न कथनहरू मध्ये कुनै तपाईंमाथि लागू हुन्छ कि भनी:  मैले प्रायः पर्याप्त निद्रा पाउँदिन।  मलाई आरामदायक निद्रा पर्दैन । 

 म स्थिर बसिरहँदा, टेलिभिजन हेर्दा वा पढ्दा जागै बस्न गाह्रो हुन्छ।  ड् राइभिङ्ग गर्दा म निदाउँछु वा साह्रै थकित महसुस गर्छु।

  मलाई घर, कार्यस्थल वा स्कूलमा ध्यान केन्द्रित गर्नमा समस्या हुन्छ।  मेरो कार्यस्थल वा स्कूलमा काम गर्न मलाई समस्या हुन्छ। 

 मलाई अरूहरूले प्रायः साह्रै थकित देखिंदैछु भन्छन्।

  मेरा भावनाहरूमाथि नियन्त्रण गर्न मलाई गाह्रो हुन्छ।

  मलाई लाग्छ कुनै प्रतिक्रिया जनाउन वा जवाफ दिनमा म साह्रैढिल्याइँ गर्छु।

  मलाई लाग्छ लगभग हरेक दिन मैले न्याप अर्थात् एकछिनको निद्रा लिनु पर्दछ। यी मध्ये कुनैपनि कथनको अगाडि तपाईंले निसान लगाउनु भएको छ भने तपाईंलाई निद्रासम्बन्धी समस्या छ

निद्रासम्बन्धी समस्याका कारणहरू निद्रासम्बन्धी समस्याहरूका अनेकौं कारण हुन सक्छन्, तर बढी सामान्य कारणहरूमध्ये के ही हुन्:

 • निदाउने-जाग्ने चक्रमा परिवर्तन, जस्तै रातिको शिफ्टमा काम गर्नु जब सामान्यतया तपाईं त्यो समय निदाउनुहुन्छ • पूरा दिन आराम पाएको र सचेत महसुस गर्नका लागि पर्याप्त निद्रा नपाउनु

 • स्वास्थ्यसम्बन्धी समस्याहरू जस्तैदम रोग, मुटुको बेथा, वा पीड़ा र के ही औषधीहरू

 • अल्कोहल, क्याफेन वा निकोटिनको प्रयोग

 • निद्रासम्बन्धी विकारहर

निद्रासम्बन्धी विकारका सामान्य प्रकारहरू अनिद्रा निदाउन, निदाइराख्न वा विहान चाँडो जाग्नमा कुनैपनि समस्या अनिद्रामा सामेल छन्। अनिद्राका कारणहरूमा सामेल छन्:

 • बिमारी हुनु

 • दुःखी महसुस हुनु 

• तनाव

 • क्याफेन 

• अल्कोहल वा लागू पदार्थ


 • के ही औषधीहरू

 • अत्यधिक धूम्रपान

 • सुताइसम्बन्धी नराम्रा बानीहरूः 

दिउँसो सुत्नु 4 अत्यधिक हल्लीखल्ली वा उज्यालो ठाउँमा सुत्नु 4 चाँडो सुत्नु 4 ओछ्यानमा अत्यधिक समय जागै बसेर बिताउनु सम्भव भए तपाईंलाई अनिद्रा गराउने कारकहरूमा परिवर्तन गर्नुहोस्। सुत्नका लागि नियमित समय निर्धारित गर्नुहोस् क्याफेन, अल्कोहल र धूम्रपान कम्ती गर्नुहोस्। तपाईंलाई महिनामा एक साताभित्र 3 रातभन्दा बढी निदाउनमा गाह्रो हुन्छ भने आफ्ना डक्टरसँग कु रा गर्नुहोस्।

Post a Comment

Previous Post Next Post

Search This Blog